All about DIPWIN
Q1. तपाईँको आफ्नो बारेमा
- मेरो full name Dilip Hamal हो, तर social media तिर dipwin भनेर चिनिन्छु।
- घर सल्यान, दार्मा हो। करिब ७ वर्षदेखि जापानमा छु।
- घरमा आमा, बुबा, दुई बहिनी हुनुहुन्छ। दिदीको विवाह भइसकेको छ, भाइ चाहिँ जापानमै छ।
- जापानमा car सम्बन्धी अध्ययन गरेँ र अहिले Toyota company मा नयाँ कारहरूमा front camera, back camera, navigation, ETC जडान गर्ने काम गर्दैछु।
- म YouTube, TikTok, Facebook तिर सक्रिय छु। Total followers करिब ४ लाख जति छन्।
Q2. Toyota company बाट तपाईँको तलब कति हुन्छ?
Toyota बाट सबै मिलाएर monthly करिब ३५万円 (3 लाख 50 )हजार जति हुन्छ।
कुनै महिनामा overtime भएमा अलि बढी हुन्छ।
Q3. Social media (YouTube, TikTok, Facebook) बाट मासिक कति हुन्छ?
Monthly हल्का घचपच त हुन्छ।
तर अहिले सामान्यतया social media बाट monthly करिब ६ लाख जति हुन्छ।
मेहनत पनि उत्तिकै छ। मन पर्ने काम भएकाले काम गर्न मजा लाग्छ।
Q4. जापान ल्याउने काम पनि गर्नुहुन्छ? नेपालमा consultancy छ?
पहिले नेपालमा consultancy खोलेको हो तर पछि टिमले राम्रोसँग काम गरेन।
जति पनि मलाई विश्वास गरेर जानुभयो, ती सबै निराश भएर फर्कनुभयो।
त्यसैले मलाई दुख लागेर बेचेँ। अहिले यस्तो कुनै काम गरेको छैन।
Q5. साथीहरू कति छन्? रमाइलो कत्तिको गर्नुहुन्छ?
साथीहरू धेरै छैनन्, तर जति छन्, उनीहरूसँग धेरै नै रमाइलो गर्छु।
संगै खाने, पिउने, नाच्ने गरिन्छ।
म सबैसँग खुल्दिन तर जससँग खुल्छु, दुनियाँ नै भुल्छु।
Q6. तपाईँलाई धेरैको SMS आउँछ होला। GF छ कि?
SMS त आउँछ तर सबैले “सेन्सेई, Japanese कसरी पढ्ने?”,
“सिकाइदिनु न”, “यस्तो-उस्तो नगर्नु न” भनेर मात्र लेख्छन्। 😂
बास्तवमा मेरो पहिले नै बिहे भएको थियो।
तर म जापानमा, उनी नेपालमा। सायद मैले समय दिन सकिनँ।
अहिले भताभुङ्ग भइसकेको छ, सम्बन्ध छैन। धेरै भइसक्यो।
Q7. फेरि बिहे गर्ने सोच छ? कस्तो खालको partner चाहिन्छ?
म धेरै सोचेर मात्र काम गर्छु।
१/२ दिन बोलेपछि साँच्चिकै साथ दिने खालकी हो या आकर्षण मात्र हो भन्ने चिनिहाल्छु।
यदि यस्तै कुनै girl भेटेँ, जसले साथ दिन्छे भन्ने लाग्छ, सोच्न सकिन्छ।
Content creator मा रुचि हुने, care गर्ने, किनकि म थोरै careless छु,
आफ्नै care पनि गर्दिन। त्यसैले care गर्ने चाहिन्छ।
Q8. Japanese भाषा कसरी पढ्नुभयो?
नेपालमै N5 पास गरेर आएको थिएँ।
JLPT मा १७३/१८० ल्याएको थिएँ।
पहिलो जापानको Okinawa मा १.५ वर्ष पढेँ र
सधैं सबैभन्दा उत्कृष्ट नम्बर ल्याएर पहिलो हुन्थेँ।
पढ्ने भए राम्रैसँग पढौं भन्ने सोच थियो।
म जुनसुकै काम गरे पनि best गर्ने प्रयास गर्छु।
Q9. तपाईँ धेरै सुन्नुहुन्छ कि बोल्नुहुन्छ?
म ८०% सुन्छु, २०% बोल्छु।
धेरै सिक्ने, धेरै सुन्ने, तर चुप बस्ने गर्छु।
जहाँ मेरो बोलाइको कदर हुन्छ, त्यहाँ खुलेर बोल्छु।
Q10. पैसा कत्तिको खर्च गर्नुहुन्छ?
म ४ ठाउँमा खुलेर पैसा खर्च गर्छु:
- Learning:
मैले केही सिक्न पाउँछु भने, म जति महँगो course भए पनि किन्छु। - Health (स्वास्थ्य):
शरीर राम्रो हुनु जरुरी छ। - Family को खुशीको लागि
- Tour/Travel:
नयाँ-नयाँ ठाउँमा गएर अनौठा अनुभव बटुल्ने मौका अमूल्य हुन्छ।
अरू कुरामा पैसा खर्च गर्दिन।
सायद त्यसैले धेरै साथी छैनन्।
Q11. तपाईँको मासिक खर्च कति हुन्छ?
Room rent, खाना, फोन, बिजुली, लत्ता-कपडा सबै गरेर
monthly करिब १ लाख २० हजार जति खर्च हुन्छ।
Q12. भविष्यमा अझ के गर्ने सोच छ?
Business + YouTube लाई continue गर्ने मन छ।
आफ्नै brand बनाउने सोच छ र म तयारीमा छु।
Q13. गाउँ सम्झिनु हुन्छ?
गाउँ सम्झिन्छु तर गाउँका मान्छेसँग भेट्न मन लाग्दैन।
जब नेपालमा struggle गर्दै थिएँ, गाउँका छोराछोरी India गएर २–३ लाख कमाएर ल्याउँथे।
म कलाकार क्षेत्रमा थिएँ। जब म घर फर्किन्थेँ, गाउँका मान्छेले
“अझै एउटै जाकेट लगाइरहेको! कति कमायो?”
जस्ता प्रश्नले सास फेर्न गाह्रो बनाउँथे।
धेरै मेहनत गरेर १ लाख ऋण लिएर एउटा फिल्म बनायौं।
साथीसँग मिलेर गाउँमा project बोकेर गयौं,
सबैलाई “फिल्म लाग्दैछ” भनेर बोलायौं।
तर त्यो date मा गाउँका कोही पनि आएनन्,
बरु टाढा-टाढाका मान्छे आएर हेरे।
त्यो दिन मलाई धेरै नै दुख लाग्यो।
Q14. तपाईँको family background कस्तो थियो?
हेर्दा मेडियम family जस्तो देखिने, तर एकदमै low family बाट आएको हुँ।
Rs. 300 को लागि ट्युशन पढ्न छोडेको छु।
बुबा teacher हुनुहुन्थ्यो, तर त्यो बेला रक्सी धेरै खानुहुन्थ्यो।
बुबाको तलबले घर चल्दैनथ्यो।
आमाको हातमा चुरा थिएन, तेल नहुँदा कति दिन mom ले पानीमै तरकारी पकाको देखेको थिय
गाउँका मान्छे India गएर पैसा ल्याउँथे, मिठो खाउँथे।
हामी “मिडियम” देखिन्थ्यौं, तर घर धान्न धेरै गाह्रो थियो।
Q15. नेपालको सबैभन्दा दुखको दिन सम्झिनु पर्दा?
बच्चैदेखि नै त्यस्तै दिनहरू बिते।
पछि जब म काठमाडौंमा कलाकारिता क्षेत्रमा लागेँ,
घरबाट पैसा माग्ने हिम्मत थिएन,
किनभने आमा संग १ रुपैयाँ पनि हुँदैनथ्यो, बुबा रक्सीमै।
गाउँभरि रिन थियो, पैसा कसरी माग्नु?
एउटा साथी थियो, जुम्लाको गणेश उपाध्याय।
उसको घरबाट थोरै पैसा पठाइदिन्थ्यो।
त्यसैले २ जनाले मिलेर काम चलाउँथ्यौं।
ग्यास भर्ने पैसा नहुँदा,
कति दिन पाउरोटी टोक्दै सुतिएको छ।
Thank you 🙏

Comments
Post a Comment