All about DIPWIN
Q1. तपाईँको आफ्नो बारेमा मेरो full name Dilip Hamal हो, तर social media तिर dipwin भनेर चिनिन्छु। घर सल्यान, दार्मा हो। करिब ७ वर्षदेखि जापानमा छु। घरमा आमा, बुबा, दुई बहिनी हुनुहुन्छ। दिदीको विवाह भइसकेको छ, भाइ चाहिँ जापानमै छ। जापानमा car सम्बन्धी अध्ययन गरेँ र अहिले Toyota company मा नयाँ कारहरूमा front camera, back camera, navigation, ETC जडान गर्ने काम गर्दैछु। म YouTube, TikTok, Facebook तिर सक्रिय छु। Total followers करिब ४ लाख जति छन्। Q2. Toyota company बाट तपाईँको तलब कति हुन्छ? Toyota बाट सबै मिलाएर monthly करिब ३५万円 (3 लाख 50 )हजार जति हुन्छ। कुनै महिनामा overtime भएमा अलि बढी हुन्छ। Q3. Social media (YouTube, TikTok, Facebook) बाट मासिक कति हुन्छ? Monthly हल्का घचपच त हुन्छ। तर अहिले सामान्यतया social media बाट monthly करिब ६ लाख जति हुन्छ। मेहनत पनि उत्तिकै छ। मन पर्ने काम भएकाले काम गर्न मजा लाग्छ। Q4. जापान ल्याउने काम पनि गर्नुहुन्छ? नेपालमा consultancy छ? पहिले नेपालमा consultancy खोलेको हो तर पछि टिमले राम्रोसँग काम गरेन। जति प...